2026/06/06

चीन पुगे प्रधानमन्त्री प्रचण्ड, आजै राष्ट्रपति सीसँग भेटवार्ता हुने

रायबर अनलाइन

२०८०-०६-०६

538
Shares

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुगेका छन् ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम्  १९ औं  एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।

दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । त्यस क्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लन्च गर्नेछन् । त्यसपछि शनिबार(आज) अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।

538
Shares

©News Kunja 2021-2026. All rights reserved.