2026/06/06

अछामका दुई निर्वाचन क्षेत्रमा १७ जनाको मनोनयन दर्ता

Admin

२०८२-१०-०७

336
Shares

माघ ६, २०८२

अछाम — अछाम जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी १७ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालय अछामका अनुसार अछाम क्षेत्र नं. १ मा ८ जना र क्षेत्र नं. २ मा ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।

अछाम–१ मा नेपाली कांग्रेसका भरतकुमार स्वार, नेपाली कम्युनिस्ट पार्टीका भीम रावल, नेकपा एमालेका दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र शाह, नेकपा माओवादी (नेत्रविक्रम चन्द) समूहका लोकेन्द्रबहादुर शाही तथा स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवरले मनोनयन दर्ता गराएका छन्।

यसैगरी अछाम–२ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह, नेकपा एमालेका यज्ञबहादुर बोगटी, राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह, नेपाली कम्युनिस्ट पार्टीका बलबहादुर कुँवर, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाही, लोकतान्त्रिक प्रगतिशील पार्टीका पुष्पराज न्यौपाने, नेकपा माओवादी (नेत्रविक्रम चन्द) समूहका शेरबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर शाही र उज्यालो नेपालका राजेश रावलले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

336
Shares

©News Kunja 2021-2026. All rights reserved.