2026/04/18

एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

Admin

२०८०-०५-१३

420
Shares

काठमाडौँ, १३ भदौ

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ । 

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको २७ ओभरमा ३ विकेट गुमाएर १२७ रन बनाएको छ । अहिले ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र आघा सलमान क्रिजमा रहेका छन् । 

खेलमा नेपालका लागि पहिलो सफलता कप्तान रोहित पौडेलले दिलाए । उनले पाकिस्तानका इमाम उलहकलाई रन आउट गराएका हुन् । इमाम पाँच रन बनाएर पेभिलियन फर्किए ।

त्यस्तैगरी नेपाललाई दोस्रो सफलता भने तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन् । करणले खेलको छैटौँ ओभरको तेस्रो बलमा फखारलाई १४ रनमा आउट गराएका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेको बलमा मोहम्मद रिजवान पनि ५० बलमा ४४ रन बनाउँदै रन आउट भएका छन् ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित, कुशल मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् । 

420
Shares

©News Kunja 2021-2026. All rights reserved.