2026/04/18

एसिया कप क्रिकेट : भारतविरुद्ध आसिफको ऐतिहासिक अर्धशतक

Admin

२०८०-०५-१८

420
Shares

काठमाडौँ, १८ भदौ 

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । 

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् । 

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध आशिफले २७.२ ओभरमा अर्धशतक पूरा गरेका हुन् । आशिफले ८८ बलमा ७ चौका हाने ।  

वान डे क्रिकेटमा आशिफको यो दशौं अर्धशतक हो, आशिफले ओडीआईमा सर्वाधिक १ सय १० रन हानेका छन् । उनी भारतविरुद्ध ९७ बलमा ५८ रन बनाउँदै आउट भए ।

भारतविरुद्ध अर्धशतक हान्ने आशिफ पहिलो खेलाडी हुन्। सिनियर क्रिकेटमा नेपाल र भारत पहिलो पटक आमनेसामने भएका हुन् । 

पहिलो विकेटका लागि आशिफ शेख र कुशल मल्लले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

नेपालले २८ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै अहिले ११९ रन बनाएर खेलिरहेको छ। क्रिजमा आशिफ ५० र गुलसन झा ८ रनमा नटआउट छन्।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ३१ ओभरमा ५ विकेट गुमाउँदै १४४ रनको योगफल बनाउँदै खेलिरहेको छ । 
 

420
Shares

©News Kunja 2021-2026. All rights reserved.