2026/04/18

भारतसँग नेपाल १० विकेटले पराजित

Admin

२०८०-०५-१९

484
Shares

काठमाडौं, १८ भदौ । एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । भारतसँगको यो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

वर्षाका कारण खेल अवरुद्ध भएको कारण खेल २३ ओभरमा घटाइएको थियो । भारतका कप्तान रोहित शर्माले ७४ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरेका थिए ।

यस्तै, शुभमन गिलले ६७ रन जोडे । गिलले ८ चौका र १ छक्का प्रहार गरे । 

पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो ।  वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले ७४ रनको अर्धसतकिय पारी खेले । त्यस्तै शुभमन गिलले मद्दतमा ६७ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले । उनले ९७ बलमा आठ चौका प्रहार गरे ।

त्यस्तै सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४८ रन बनाउदा दीपेन्द्रले २९ र गुल्सनले २३ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तथा मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

484
Shares

©News Kunja 2021-2026. All rights reserved.