2026/08/24

डा. गोविन्द केसी फेरि प्रहरीको नियन्त्रणमा

Admin
Admin

२०८०-०९-२४

573
Shares
डा. गोविन्द केसी फेरि प्रहरीको नियन्त्रणमा

प्रहरीले डा. गोविन्द केसीलाई पुनः माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको छ ।

सरकारले तोकेको निषेधित क्षेत्र माइतीघरमा प्रदर्शन गरेपछि उनलाई पुनः प्रहरीले नियन्त्रणमा लिएको हो । केसीलाई अहिले सिंहदबार प्रहरी वृत्तमा राखिएको चिकित्सा शिक्षा सुधारका अभियन्ता शशिविक्रम कार्कीले जानकारी दिए । 

केसीसहित ९ जनालाई शनिबार पनि माइतीघरबाट नियन्त्रणमा लिइएको थियो ।  

उनले सशस्त्र द्वन्द्वमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई कारबाही हुनुपर्ने, पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, नागरिक भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार फिर्ता हुनुपर्ने, चिकित्सा शिक्षा आयोगमा तत्काल निर्देशन नियुक्त गरिनुपर्ने र यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका छन् । 

573
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja