2026/04/17

तुर्माखाँद गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Admin

२०८०-०९-२५

506
Shares

अछाम – जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि अछामका सबै स्थानीय तह यतिबेला तयारीमा लागेका छन् ।
सोही अनुरुप अछामको तुर्माखाँद गाउँपालिकामा बुधबारबाट १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ रहफमा सुरु भएको प्रतियोगितामा माविस्तरका सबै विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बिसी , उपाध्यक्ष बिमला शाही , पूर्व गाउँपालिका अध्यक्ष पुस्पराज शर्मा , सबै वडा अध्यक्ष , राजनैतिक दलाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

आशनबाट बोल्दै सरोकारवालाहरुले  खेल अनुशासनको पहिलो खुट्किलो भएकाले विद्यार्थीलाई अनुशासित बनाउन सहयोग गर्ने बताएका छन् । गाउँपालिकाबाट छनोट भएर जिल्लास्तरिय प्रतियोगितासम्म पुग्ने खेलाडी टिमलाई शुभकामना दिँदै सरोकारवालाहरुले गाउँपालिका नै जिल्लास्तरिय प्रतियोगिताको उपाधि ल्याउने गरि तयारी गर्न उनले खेलाडी विद्यार्थीलाई आग्रह गरे ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।

506
Shares

©News Kunja 2021-2026. All rights reserved.