2026/06/06

मंगलसेन नगरापालिकास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि शोडषा माविलाई

Admin

२०८०-०९-२९

610
Shares

अछाम -मंगलसेन नगरापालिकास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि  षोडशा देवि माध्यामिक विद्यालय मंगलसेनले  उचालेको छ । प्रतियोगितामा सबैभन्दा बढी पदक जित्दै शोडषा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

प्रतियोगिताको उपाधि उचालेको षोडशा देवी माविले कुल  १३ स्वर्ण, ६ रजत र २ कास्य गरि जम्मा २१ पदक जितेको छ भने द्धतिय स्थान हासिल गर्न सफल अछाम बहुमुखी क्याम्पस मंगलसेनले  ६ स्वर्ण, १ रजत, र २ कास्य गरि ९ पदक तथा तृतिय स्थान प्राप्त गरेको गंगा माविले २ स्वर्ण, ३ रजत, र ५ कास्य गरि जम्मा १० पदक जित्न सफल भएको छ । यसैगरी मंगला नेरा माविले १ स्वर्ण, ५ रजत र ६ कास्य पदक जित्दै चौथो स्थान प्राप्त गरेको छ ।

अन्य विद्यालयहरुमा पाँचौ भएको कालिका माविले १ स्वर्ण, ३ रजत र ३ कास्य सहित ७ पदक,  छैठौं  भएको जाल्पादेवी माविले १ स्वर्ण, २ रजत र २ कास्य गरि ५ पदक, सातौं भएको कुन्ती मावि र यशोधरा माविले समान १ स्वर्ण, १ रजत र ३ कास्य गरि ५ पदक जितेका छन । प्रतियोगिताको ८ औं स्थानमा रहेको अन्नपूर्णा माविले ३ रजत र १ कास्य गरि ४ पदक जित्दा नवौं भएको राधा माविले १ रजत र १ कास्य गरि २ पदक जितेको छ । यसैगरी शिशुसुधार माविले २ कास्य पदक जित्दा पार्वति मावि पदक बिहिन भएको छ ।

प्रतियोगिताको समापन समारोहमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा सहितका अतिथिहरुले विजेता खेलाडी तथा विद्यालयहरुलाई शिल्ड, कप र मेडल सहित बिधागत रुपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोहमा बोल्दै नगरप्रमुख बोहराले बिजेता खेलाडीहरुलाई बधाई दिँदै आगामी दिनमा अझ अनुशासित भएर खेल खेल्दै उच्च स्थान हासिल गर्न शुभकामना दिनुभयो । आगामी दिनमा हुने जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डमा मंगलसेन नगरपालिकाको तर्फबाट शानदार प्रदर्शनका लागि तयारीमा लाग्न पनि खेलाडीहरुलाई उहाँले आग्रह गर्नुभयो ।

मंगलसेन नगरपालिका सामाजिक विकास समितिका संयोजक बिर्ख बहादुर बोगटीको अध्यक्षतामा भएको समापन समारोहमा नगर उपप्रमुख संगिता कुमारी रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, विभिन्न वडाका वडा अध्यक्षहरु, खेल प्रशिक्षक, निर्णायक, खेलप्रेमी र खेलाडीहरुको सहभागिता रहेको थियो । समापन समारोहको संचालन मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो ।

610
Shares

©News Kunja 2021-2026. All rights reserved.