2026/04/17

कोपा अमेरिका २०२४ : उरुग्वे र पानामा अन्तिम आठमा अमेरिका बाहिरियो

Admin

२०८१-०३-१९

428
Shares

काठमाडौँ — आयोजक अमेरिका कोपा अमेरिका २०२४ बाट बाहिरिएको छ । उरुग्वेको हातबाट सोमबारको खेलमा १–० ले पराजित भएपछि अमेरिकाको चुनौती समाप्त भएको हो । अर्को खेलमा पानामाले बोलिभियालाई ३–१ ले हरायो । यस नतिजापछि उरुग्वेसँगै पानामा अन्तिम आठमा पुगेको छ ।

पछिल्लो खेलमा अमेरिका पानाको हातबाट अप्रत्यासित ढंगले पराजित भएको थियो र यसै कारण समूह सी मा उसको यात्रा अगाडि बढ्न सकेन । अन्तिम खेल अगाडि नै अर्को चरण पुगिसकेको उरुग्वेको अधिकतम नौ अंक भयो । पानामा भने छ अंकमा रह्यो ।

अमेरिका तीन र बोलिभिया शून्य अंकमा रहे । उरुग्वेको जितमा म्याथिस ओलिभरले निर्णायक गोल गरे ।

 

428
Shares

©News Kunja 2021-2026. All rights reserved.