2026/04/17

सशस्त्र अधिकृत र पत्रकारबीच मैत्रीपूर्ण फुटबल

Admin

२०८२-०९-२६

235
Shares

पुस २६, २०८२

काठमाडौँ — सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीच शनिबार मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ। २५औं सशस्त्र प्रहरी दिवस-२०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बल नेपालको टोलीले पत्रकार टोलीलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा सुरक्षा बिटमा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो भने सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरू खेलमा सहभागिता जनाएका थिए। २५औं सशस्त्र प्रहरी दिवस रजत महोत्सवअन्तर्गत देशभरिनै सशस्त्र प्रहरीले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ । त्यसैमध्ये मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि एक भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

235
Shares

©News Kunja 2021-2026. All rights reserved.