2026/04/17

आठ वर्षअघिको भूकम्पपछि बन्द तातोपानी नाका पूरै खुल्दै, नेपालीले चीन जान पाउने

Admin

२०८०-०५-१४

457
Shares

काठमाडौं, १४ भदौ  

चीनसँगको उत्तरी सीमानाका तातोपानी भोलि (शुक्रबार) देखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । 'नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले बिहीबार भने ।

वि.सं, २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए ।

उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले चीनतर्फ आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

457
Shares

©News Kunja 2021-2026. All rights reserved.