2026/04/17

स्वचालित प्रणाली अनुसार बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Admin

२०८०-०५-१४

389
Shares

काठमाडौँ, १४ भदौ

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ । 

निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ । 

389
Shares

©News Kunja 2021-2026. All rights reserved.