2026/08/25

प्रधानमन्त्रीको घोषणा : माधव नेपालले सफाइ पाइसके, अब कसैले फसाउन सक्दैनन्

Admin
Admin

२०८०-०५-१५

500
Shares
प्रधानमन्त्रीको घोषणा :  माधव नेपालले सफाइ पाइसके, अब कसैले फसाउन सक्दैनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ पाइसकेको बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा दाहालले ललिता निवास प्रकरणबाट नेपालले उन्मुक्ति पाइसकेको बताएका हुन् । 

भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न भनेको बताए । 

‘माओवादी नेताहरु पनि कोही सुनमा, कोही के मा जोडिएको सुन्छु । तर मैले सबैलाई समात्नु छु भनेको छु’, उनले भने, ‘दोषी छ भने जोसुकै होस् कोही नछुटुन्, मैले नै गल्ती गरेर सडकमा भेटे मलाई पनि कारबाही चलाउन भनेको छु ।’

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटार प्रकरणमा विनाकारण मुछिएको पनि दाबी गरे । 

‘माधवजीकोबारे ललिता निवासमा धेरै प्रश्न उठाएका छन् । तर उहाँ निर्दोष हुनु हुन्छ भन्ने सावित भइसक्यो’, उनले भने, ‘औपचारिक रुपमा माधवजीमाथिको प्रश्नको निरुपण भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपछि उहाँ निर्दोष सावित हुनु भयो ।’

उनले अब माधव नेपालमाथि कुनै षड्यन्त्र नहुने पनि बताए । ‘अब माधवजीमाथि षड्यन्त्र हुँदैन । उहाँले सफाइ पाइसक्नु भयो’, उनले भने, ‘सीआईबीले बयान लिएर मुद्दा नचलाउने निर्णय गरिसकेपछि अब उहाँलाई कसैले तर्साउन सक्दैन ।’

500
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja