राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको समय तालिकामा फेरबदल गरेको छ ।
बुधबार सार्वजनिक सूचना निकालेर बोर्डले यसअघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको परीक्षा ९ र १० गते हुने जनाएको हो ।
उक्त परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन चाहनेहरुले शुक्रबारभित्र आवेदन फाराम भरेर बुझाउनुपर्ने छ ।
बोर्डले भद्रौ २९ गतेसम्म पनि अतिरिक्त शुल्क तिरेर आवेदन फाराम बुझाउन सकिने जानकारी दिएको छ ।