2026/08/25

७० हजार रुपैयाँसहितको ब्याग महाकालीमा खस्यो, खोज्दा पनि भेटिएन

Admin
Admin

२०८०-०५-२८

656
Shares
७० हजार रुपैयाँसहितको ब्याग महाकालीमा खस्यो, खोज्दा पनि भेटिएन

बैतडीमा एकजना युवतीले ७० हजार रुपैयाँसहित बोकेको झोला महाकाली नदीमा खसेको छ ।

दशरथचन्द नगरपालिका–२, देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट महाकालीमा खसेको हो ।

झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको प्रहरीले जनाएको छ ।

केही दिनअघि मात्रै भारतमा रहेका श्रीमानले पठाएको रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन् ।

गाउँमा किराना पसल चलाउँदै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको बताइन् ।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इञ्चार्ज राजेन्द्रनाथ योगीले बताए ।

सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला नभेटिएको हो ।

656
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja