2026/08/25

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

Admin
Admin

२०८०-०५-२९

612
Shares
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार(आज) सभामुख देवराज घिमिरेले असोज १४ गते, आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराए। 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। उनले आफ्नो चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्दैछन्। प्रचण्डले अमेरिकाबाटै आफू छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने बैठकमा जानकारी गराए। 

शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गरेका थिए। मन्त्री गुरुङले प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधि सभा बैठकले स्वीकृत गरेको छ।

612
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja