2026/08/26

दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

Admin
Admin

२०८०-०५-३०

508
Shares
दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा शनिबार दिउँसो दुर्घटना हुँदा दुई विद्यार्थी नेताको निधन भएको छ।

दुर्घटनामा नेकपा (एमाले) निकट अनेरास्ववियु जिल्ला सह–संयोजक नवीन पाण्डे र सचिवालय सदस्य समिर तामाङको निधन भएको हो। अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ‘पाँचपोखरी थाङ्पाल गाउँपालिका-१ बासखर्कका २७ वर्षीय समिर तामाङ र मोटरसाइकल पछाडी सवार मेलम्ची नगरपालिका-११ का २७ वर्षीय नबिन पाण्डेको दुर्घटनामा निधन भएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव कुमार यादवले भने। 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरीले उद्दार गरी उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको थियो। उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो। 

ठक्कर दिने ट्याङकर र मकवानपुर थाहा नगरपालिका-१२ का चालक भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताए।

508
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja