2026/08/25

मुद्दाको पेसी आजै परेपछि क्रिकेट टोलीसँगै चीन जान नपाउने भए सन्दीप

Admin
Admin

२०८०-०६-०७

625
Shares
मुद्दाको पेसी आजै परेपछि क्रिकेट टोलीसँगै चीन जान नपाउने भए सन्दीप

चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन (आज) नै आफूविरुद्ध मुद्दाको पेसी परेकाले क्रिकेटर सन्दीप लामिछाने सँगै जान नपाउने भएका छन्। 

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको छ।  मुद्दा सुनुवाइ हुने/नहुने टुंगो लागेपछि मात्रै सन्दीप चीन जाने वा नजाने निर्णय हुने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि जानुपरेको थियो। भदौ १० गतेका लागि पेसी तोकिए पनि त्यस दिन मुद्दा हेर्न नभ्याइनेमा राखिएपछि उनी भोलिपल्ट ११ गते पाकिस्तान जान पाएका थिए। चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्र उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। अहिले उनी चीन भ्रमणमै छन्। औपचारिक उद्घाटन हिजो गरिए पनि एसियाडका खेल भने असोज २ गतेदेखि नै चलिरहेको छ।  चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो (शनिबार) मात्र उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। अहिले उनी चीन भ्रमणमै छन्। 

औपचारिक उद्घाटन हिजो गरिए पनि एसियाडका खेल भने असोज २ गते नै चलिरहेको छ। जसअन्तर्गत समूह चरणका दुवै खेल हारेपछि नेपालको पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। एसियन गेम्समा यसपटक नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन्। 

625
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja