2026/08/25

मुद्दाको सुनुवाइ स्थगन भएपछि सन्दीप चीन जाने टिकट लिइयो

Admin
Admin

२०८०-०६-०७

560
Shares
मुद्दाको सुनुवाइ स्थगन भएपछि सन्दीप चीन जाने टिकट लिइयो

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १९औं एसियन गेम्सका लागि सोमबार चीन जाने भएका छन्।  एसियाडका लागि सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरेको छ। 

नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्। तर काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगन गरेपछि उनी भोली साेमबार जाने भएका हुन्। 

सन्दीप चीन जान सोमबारका लागि हवाई टिकट काटिसकिएको क्यान स्रोतले जानकारी दियो। एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ। खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६:४५ बजे हुनेछ। समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ। 

क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन्। एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ। 

नेपालको टोली :

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)

560
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja