कञ्चनपुरको एक वडा कार्यालयले भारतीयलाई नेपालमै जन्मिएको प्रमाणित गर्यो
Admin
२०८०-०६-१८
526
Shares
धनगढीः कञ्चनपुरको एक वडा कार्यालयले बदमासी गरेको तथ्य बाहिर आएको छ।वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ।
जिल्लाको पुनर्वास नगरपालिका–८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो। नेपालपारि भारतबाट आएका एक नागरिकलाई नेपाली नै प्रमाणित गरेको खुलेको हो। भारतको मदुराई गाउँका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि वडा कार्यालय विवादमा परेको छ।