2026/08/25

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा ४ जनाको उम्मेदवारी , ३ जना अछामकै

Admin
Admin

२०८०-०६-२३

544
Shares
एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा ४ जनाको उम्मेदवारी , ३ जना अछामकै

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। 

एमाले सुदूर पश्चिम प्रदेशको नेतृत्व चयन गर्न आज (मंगलबार) साँझ पाँच बजेदेखि निर्वाचन हुँदै छ। गएको आइतबारदेखि धनगढीमा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन चलिरहेको छ। 

प्रदेश अध्यक्षमा निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। 

तिमल्सिना, जैसी र साउद अछामका हुन् भने सिंह कञ्चनपुरका एमाले नेता हुन्।

आज बिहान ७ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। 

उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी छ।

अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएपनि नेतृत्वका आकांक्षीबीच सहमति खोज्ने प्रयास भने जारी रहेको एमालेका एक नेताले जानकारी दिए।

544
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja