2026/08/25

नेपालगञ्जको बीपी चोकमा आगलागी, ७ वटा पसल जलेर नष्ट

Admin
Admin

२०८०-०६-२६

524
Shares
नेपालगञ्जको बीपी चोकमा आगलागी, ७ वटा पसल जलेर नष्ट

काठमाडौं । बाँकेको नेपालगञ्ज बजारमा आगलागी हुँदा ७ वटा पसलमा क्षति पुगेको छ। शुक्रबार बिहान नेपालगञ्जको बीपी चोकमा आगलागी भएको थियो। 

आगलागी हुँदा बीपी चोकको आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने, ‘सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ।’

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन २ घण्टा लागेको बताए। आगो निभाउन उपमहानगरपालिकाको ३ र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो। 

524
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja