2026/08/24

पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना काठमाडौंबाट पक्राउ

Admin
Admin

२०८०-०६-२९

575
Shares
पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना काठमाडौंबाट पक्राउ

ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। 

सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट पनि जोखिम हुने भएका कारण उनीहरुलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए। 

अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ।
 

 

575
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja