2026/08/25

मनकारी मेयर राजेन्द्र : आफ्नो सेवासुविधाबाट टुहुरा बालबालिकालाई दिए दसैं खर्च

Admin
Admin

२०८०-०७-०२

507
Shares
मनकारी मेयर राजेन्द्र : आफ्नो सेवासुविधाबाट टुहुरा बालबालिकालाई दिए दसैं खर्च

अछाम : जिल्लाको साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरका बुबा आमा गुमाएका र अपाङ्ग बालबालीकालाई आर्थीक सहयोग गरेका छन ।

नगर प्रमुख कुँवरले बिहिबार आफुले पाउने सेवा सुबिधाबाट नगरका १८ जना असहाय र अपाङ्ग बालबालीकालाई प्रति बालबालीका २५ सय रुपैया का दरले ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् ।

नेपालीहरुको महान पर्ब बडा दशैको अवसरमा ति बालबालीकाहरुले समेत दशैँ मनाउन भनेर आर्थीक सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । सानै हुदाँ बुवा गुमाएका नगर प्रमुख कुँवरले भने, ‘दशैंमा आर्थीक समस्या हुदाँ कस्तो पिडा हुन्छ, त्यो मलाई राम्रो संग अनुभब छ ।

सो दुख आफुले महसुस गरेको बताउदै नगर प्रमुख कुँवरले नगरको अभिभावकका हिसावले असाहाय र अपाङ्गता भएका बालबालिकालाई दशैं खर्च दिएको बताए । साँफेबगर नगरपालीका लघु उधम शाखाले उत्पादन गरेका न्यानो लुगा समेत ती बालबालीकालाई उपलब्ध गराईएको थियो ।

507
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja