2026/08/26

इजरायलमा मारिएका ४ नेपालीको शव आज ल्याइँदै

Admin
Admin

२०८०-०७-०४

506
Shares
इजरायलमा मारिएका ४ नेपालीको शव आज ल्याइँदै

हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली  विद्यार्थीमध्ये चार जानाको शव आज नेपाल ल्याइँदै छ।

तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको हो।

दूतावासका अनुसार आज दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो।

इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुवईसम्म र त्यहाँबाट फ्लाई दुवईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाउन लागेको दूतावासले जनाएको छ।

506
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja