2026/08/25

माधव नेपालले यो वर्ष दसैँको टीका नलगाउने

Admin
Admin

२०८०-०७-०५

497
Shares
माधव नेपालले यो वर्ष दसैँको टीका नलगाउने

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैँमा कसैलाई टीका नलगाउने र कसैबाट टीका ग्रहण नगर्ने भएका छन्।

भाइ सरोजकुमार उपाध्यायको गत २० फागुनमा निधन भएका कारण यो वर्ष नेपाल परिवार शोकमा भएकाले टीका कार्यक्रम नभएको समाजवादी प्रेस संगठन अध्यक्ष विश्वमणि सुवेदीले बताए।

अध्यक्ष नेपाल भने दसैँको मौकामा मतदाता भेटघाटका लागि गृहजिल्ला रौतहट पुगेका छन्।  ‘उहाँ दसैँपछि काठमाडौं आउनुहुन्छ’, प्रेस संगठनका अध्यक्ष सुवेदीले बताए।

497
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja