2026/08/25

इजरायली सेनाले भन्योः आफ्ना २१२ नागरिक अझै हमासको नियन्त्रणमा

Admin
Admin

२०८०-०७-०५

571
Shares
इजरायली सेनाले भन्योः आफ्ना २१२ नागरिक अझै हमासको नियन्त्रणमा

इजरायली सेनाले हमासले अझै २१२ जना इजरायली नागरिकलाई बन्धक बनाइराखेको बताएको छ।

बीबीसीका अनुसार इजरायली सेनाले एक वक्तव्य जारी गर्दै गाजा क्षेत्रमा हमसाले २१२ जना इजरायली नागरिकलाई अझै बन्धक बनाइराखेको जानकारी दिएको हो।

गत शुक्रवार हमासले बन्धक बनाएको २ जना अमेरिकी नागरिकलाई रिहा गरिदिएको थियो। हमासले आक्रमण सुरु गरेदेखि पहिलोपटक बन्धक बनाएकाहरूलाई रिहा गरेको हो।  

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले शनिवार जानकारी दिँदै इजरायल र अन्य देशका गरी हमासले २१४ जना बन्धक छन्। जसमा २० जना बालबालिका र ६० वर्षभन्दा बढी उमेर समूहका २० नागरिक छन्।

571
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja