2026/08/25

एक प्रहरी जवानले गरे गोली हानेर आत्महत्या

Admin
Admin

२०८०-०७-०८

523
Shares
एक प्रहरी जवानले गरे गोली हानेर आत्महत्या

सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको  छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

523
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja