2026/08/26

भूकम्पपीडितलाई भारतले पठायो १६ करोड बराबरको राहतको पहिलो खेप

Admin
Admin

२०८०-०७-१९

482
Shares
भूकम्पपीडितलाई भारतले पठायो १६ करोड बराबरको राहतको पहिलो खेप

जाजरकोट भूकम्पपीडितका लागि भारत सरकारले राहत सामग्रीको पहिलो खेप पठाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरुप आइतबार १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा आइपुगेको हो ।

त्यो राहत सामग्रीको खेप नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ ।

भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गरेका हुन् ।

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ ।

482
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja