2026/04/17

भूकम्पपीडितका लागि सरकारी कोषमा आठ करोड उठ्यो, सबैभन्दा दानी मीनबहादुर

Admin

२०८०-०७-२३

442
Shares

गत शुक्रबार गएको जाजरकोट भूकम्प पीडितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा आठ करोडभन्दा बढी रकम जम्मा भएको छ । 

विभिन्न व्यक्ति र संघसंस्थाका तर्फबाट आजसम्म आठ करोड ४० लाख २६ हजार ६९७ रुपैयाँ कोषमा जम्मा भएको हो ।

सहयोग घोषणा गरेकामध्ये ३१ वटा संघ संस्था, दुई व्यक्ति र अन्यबाट उक्त रकम उठेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

जसमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले सबैभन्दा धेरै एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दिएका छन् ।

त्यसैगरी, बुद्ध एयर, ग्लोवल आइएमई बैंक, सूर्य नेपाल प्रालि र राष्ट्रिय वाणिज्य बैंकले घोषणा गरेको एक–एक करोड रुपयाँ पनि कोषमा जम्मा भइसकेको छ । 

मुक्तिनाथ दर्शन प्रालि र नेपाली कांग्रेसले ५०–५० लाख हालेका छन् । सहयोग घोषणा गरेका र प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरिसकेका कतिपय दल र संघसंस्थाहरूले अझै नगद जम्मा गरिसकेका छैनन् ।

442
Shares

©News Kunja 2021-2026. All rights reserved.