2026/08/26

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

Admin
Admin

२०८०-०७-२७

508
Shares
नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

सरकारले टिकटक बन्द गराउने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको हो। 

एक मन्त्रीका अनुसार समाजमा विकृति र विसंगति फैलाउन भूमिका खेलेको ठहर गर्दै सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

‘नेपालमा टीकटक बन्द गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘सरकारको निर्णय केही दिनमै कार्यान्वयनमा जान्छ।’  सरकारको निर्णयसँगै टिकटक बन्द गर्न अब प्रक्रिया अघि बढेको उनले बताइन्। यसअघि विश्वका अन्य केही देशले पनि आफ्नो मुलुकमा टिकटक बन्द गराइसकेका छन्।

508
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja