2026/08/26

नेपालमा टिकटक आजैबाट बन्द हुने हो?

Admin
Admin

२०८०-०७-२७

571
Shares
नेपालमा टिकटक आजैबाट बन्द हुने हो?

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। 

यसले समाजमा विकृति, विसंगति फैलाउने तथा सामाजिक सद्‌भाव विथोल्ने काम गरेकाले बन्द गराउने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

अब टिकटक कहिलेदेखि बन्द हुन्छ त?  पत्रकारको प्रश्नमा उनले आजैबाट बन्द हुनसक्ने बताइन्। 

उनले भनिन्, ‘बन्द गर्ने निर्णय त आजै भइसक्यो, अब यसमा साथीहरू प्राविधिक रूपमा लागिसक्नुभाछ। प्राविधिक रूपमा सम्भव भएसम्म यो आजैबाट पनि सम्भव (बन्द) हुनसक्छ। एकाध केही छुट्यो भने यो लगातार रूपमा प्राविधिक रूपमा गर्नुपर्ने हुन्छ। आइसपिनहरू सबैको यसमा सहयोग चाहिन्छ। र, यसका निम्ति सञ्चार मन्त्रालय र हाम्रो दूरसञ्चार प्राधिकरण तयारीमा गइसकेको छ।’ 

571
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja