2026/08/25

बाजुरामा ट्रयाक्टर दुर्घटना : तीन जनाको मृत्यु

Admin
Admin

२०८०-०९-०१

521
Shares
बाजुरामा ट्रयाक्टर दुर्घटना : तीन जनाको मृत्यु

बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ। सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन्।

घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयको टोली पुगेको बडिमालिका-२ वडाअध्यक्ष डम्म महतले बताए। 

521
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja