2026/08/24

नेप्सेको बुलिस यात्रा तिव्र गतिमा, ४६ अङ्कले बढ्यो सेयर बजार

Admin
Admin

२०८०-०९-०३

611
Shares
नेप्सेको बुलिस यात्रा तिव्र गतिमा, ४६ अङ्कले बढ्यो सेयर बजार

बुलिस यात्रालाई कायम राख्दै मङ्गलबार पनि सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

अघिल्लो साताको आइतबारदेखि नै लय समाएको सेयरबजारले आज पनि यही क्रमलाई निरन्तरता दिँदै प्रभावकारी वृद्धि देखिएको हो । हिजो ३८.१४ अङ्कले बढेको बजार आज थप ४५.९८ अङ्कले बढेर नेप्से परिसूचक २१०६.४८ विन्दुमा बन्द भएको हो ।

अघिल्लो कारोबारको दिन कुल छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ६५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७४ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा भने सामान्य गिरावट आएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ सोनापुर मिनरल्स, मिड सोलु हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, घोराही सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, शिवम् सिमेन्ट, उन्नति सहकार्य लघुवित्त, मेरो लघुवित्त, बोटलर्स नेपाल, बिपिडब्ल्यु लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये माथिल्लो मैलुङ खोला हाइड्रो र पिपल्स पावर हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य तीन प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ६.९४ प्रतिशतले बढ्दा उत्पादन उपसूचक ४.७४ प्रतिशत र लाइफ इन्स्योरेन्स उपसूचक ३.१२ प्रतिशतले बढे । आज कुनै उपसूचक घटेनन् ।

611
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja