2026/08/25

उच्च अदालत जाने तयारीमा सन्दीप लामिछाने

Admin
Admin

२०८०-०९-२५

558
Shares
उच्च अदालत जाने तयारीमा सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेको निर्णयविरूद्ध उच्च अदालत जाने भएका छन्। क्रिकेटर सन्दीपको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले आधार, प्रमाणले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीपलाई दोषी ठहर गरेको भन्दै अब उच्च अदालत जाने बताए । 

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम् सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैंले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको बताए । 

अधिवक्ता घिमिरेले भने, ‘हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षमा अटल विश्वास छ। र त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ। त्यसमा हाम्रो गम्भीर आपत्ति छ। अदालतले गरेको आदेश मान्नुपर्ने हाम्रो वाध्यता हुँदा हुँदै पनि हामी निर्दोष भएको हुनाले हामीले त्यसलाई च्यालेन्ज गर्ने हाम्रो राइट छ ।’  


558
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja