2026/08/26

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

Admin
Admin

२०८०-०९-२७

599
Shares
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन्।

कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको हो।

अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन्। वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित समयमा उम्मेदवारी दिइनन्। यस्तोमा पति रेशम निर्विरोध अध्यक्ष बनेका हुन्। चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन।

निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। तर उनी लामो समय जेलमा बसेर छुटै। 

उता पार्टीको महासचिवमा भने आधा दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ। रेशम अध्यक्ष बने पनि महासचिवसहित अन्य पदाधिकारीमा धेरैको उम्मेदवारी परेको छ। 

रेशम २०७२ को भदौमा कैलालीको टीकापुर नरसंहारमा मुछिएर जेल परेपछि रञ्जिताले २ वर्षअघि आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेकी थिइन्।

रेशम तीनै तहको अदालतबाट टीकापुर घटनामा दोषी ठहरिएपछि जन्मकैदको सजाय भोगिरहेका थिए। तर २०७९ जेठ १५ गतेको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय माफी पाएर छुटे।

राष्ट्रपतिबाट  सजाय माफी पाएपछि रेशमले खुल्ला राजनीतिमा सक्रियता बढाएका छन्। उता पत्नी रञ्जिता संघीय सरकारकी मन्त्री छिन्।

महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन्। 

599
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja