2026/08/25

थानकोट कार दुर्घटनाका मृतकको संख्या ५ पुग्यो (नामावलीसहित)

Admin
Admin

२०८०-०९-२८

529
Shares
थानकोट कार दुर्घटनाका मृतकको संख्या ५ पुग्यो (नामावलीसहित)

गणेशमान सिंह मार्ग (थानकोट) मा सवारी दुर्घटनाका मृतकहरूको पहिचान खुलेको छ।थानकोट चित्लाङ सडकखण्डमा सेतो पहरा भीरमा शनिबार भएको कार दुर्घटनामा चारजनाको मृत्यु भएकाहरूको पहिचान खुलेको हो। 

दुर्घटनामा कार चालक डा. महेश कुमार गौतम, ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै दुर्घटनामा गम्भीर घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि उपचारको क्रममा मृत्यु भएको छ।

उनकी आमा डा. सृष्टी तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ।काठमाडौँबाट चित्लाङतर्फ आउँदै गरेको प्र.३–०१–२३ च ६९८५ नम्बरको निजी गाडी सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो दुर्घटना भएको थियो।मृतकहरूको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। 

529
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja