2026/08/26

प्रधानमन्त्री भन्छन् : नेपाल सधैँ ताइवान स्वतन्त्रताको विपक्षमा छ

Admin
Admin

२०८०-०९-२९

472
Shares
प्रधानमन्त्री भन्छन् : नेपाल सधैँ ताइवान स्वतन्त्रताको विपक्षमा छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन्।  चिनियाँ नयाँ वर्षको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा आफूहरूको सम्बन्ध प्रगाढ रहेको बताए।

‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा  हाम्रो सम्बन्ध रहिआएको छ’, उनले भने।

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको प्रधानमन्त्रीले बताए। ‘यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ। आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन’, उनले भने।  

आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य पनि उनले  स्मरण गरे। दाहालले ताइवान चीनकै अंग रहेको पनि प्रष्ट पारे। 

‘ताइवान चीनकै अभिन्न अङ्ग हो। ‘ताइवान स्वतन्त्रता’बारे नेपालको प्रष्ट दृष्टिकोण रहेको छ’, उनले भने, ‘मेरो चीन भ्रमणका क्रममा जारी संयक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ। हामी फेरि भन्न चाहन्छौँ, ताइवान स्वतन्त्रताको विपक्षमा छौँ।’

ताइवानमा शनिबार मात्रै अमेरिकी समर्थित राष्ट्रपतिमा आएका छन्। चीनले ताइवानलाई आफूमा गाभ्ने प्रयास गरिरहेका बेला ताइवानलाई स्वतन्त्र राख्ने पक्षका नेता राष्ट्रपतिमा आएका हुन्। 

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने उनले स्पष्ट पारे। ‘दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख छन्’, उनले भने, ‘हामीबीचको सांस्कृतिक सम्बन्धको गतिलो उदहारणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको छ।’

आफूले हालै गरेको  चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग गरे भेटवार्ता पनि उनले स्मरण गरे। 

472
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja