2026/08/26

१ करोड १ लाखसहित दरबारमार्गबाट तीन भारतीय नागरिक पक्राउ

Admin
Admin

२०८०-१०-१९

522
Shares
१ करोड १ लाखसहित दरबारमार्गबाट तीन भारतीय नागरिक पक्राउ

प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट १ करोडभन्दा बढी रकम बराबरको विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, ऋषभ पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 

‘क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १ करोड १ लाख २६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको छ,’ ढुङ्गेलले भने ।  

522
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja