2026/08/25

पाल्पामा जिप दुर्घटना : सातकाे मृत्यु, आठ घाइते

Admin
Admin

२०८०-११-०१

593
Shares
पाल्पामा जिप दुर्घटना : सातकाे मृत्यु, आठ घाइते

पाल्पामा जिप दुर्घटना भएकाे छ । तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको दुर्घटनामा परी कम्तीमा सातजनाको मृत्यु भएको छ । 

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । दुर्घटनामा आठजना घाइते भएकाे प्रहरीले जनाएकाे छ । 

मृत्यु हुने तथा घाइते हुनेहरु सबै स्थानीय चिदिस गाउँका हुन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । 

593
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja