2026/08/25

मिटरब्याज पीडित र सरकारविचको वार्ता तेस्रो दिन पनि निष्कर्षविहिन

Admin
Admin

२०८०-११-१६

509
Shares
मिटरब्याज पीडित र सरकारविचको वार्ता तेस्रो दिन पनि निष्कर्षविहिन

मिटरब्याज पीडित र सरकारबिचको वार्ता निष्कर्ष विहिन भएको छ।

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो।

वार्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भिरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए।

उनले आफुहरुको आन्दोलन जारी रहने बताए। उनले आफुहरुको माग फर्जि लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए। त्यस्तै साहुहरुको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनको भनाई छ।

509
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja