2026/08/26

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो

Admin
Admin

२०८०-१२-१२

490
Shares
दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो

काठमाडौं । बीएन्डसी मेडिकल कलेजका तर्फबाट दायर भएको रिट सर्वोच्च अदालतले जारी गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरिदिएको हो । 

सर्वोच्चले रिट दायर गरिदिएसँगै अब दुर्गा प्रसाईंलाई बीएन्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । आशयपत्र पाएर पनि एमबीबीएस अध्यापन गराउन नपाएको भन्दै प्रसाईंले सर्वोच्चमा रिट लैजानुका साथै सरकारका विषयमा समेत गम्भीर प्रश्न उठाएका थिए । आशयपत्रकै आधारमा बैंकबाट लिएको ऋण तिर्न नसक्ने भन्दै उनले बैकहरूविरुद्ध समेत अभियान चलाएका थिए । सोमबार भएको फैसलाको संक्षिप्त आदेश आइसकेको छैन ।

“निवेदकको मागबमोजिम रिट जारी भएकाले यसमा संक्षिप्त आदेश आउँदैन,” सर्वोच्च अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीले बाह्रखरीसँग भने ।

490
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja