2026/08/25

विष सेवन गरेकी न्यायाधीश पत्नी आरतीलाई होस आयो

Admin
Admin

२०८०-१२-२१

599
Shares
विष सेवन गरेकी न्यायाधीश पत्नी आरतीलाई होस आयो

सर्वोच्च अदालतको इजलासमा अखाद्य वस्तु ‘विष’ सेवन गरेकी न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीको होस आएको छ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको समयमा उनले अखाद्य वस्तु सेवन गरेकी थिइन्।

तत्कालै उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पतालका प्रहरी खड्गा बहादुर गौतमका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ। ‘अहिले उहाँलाई होस आएको छ। बोल्न पनि थालिसक्नु भएको छ। अरु सामान्य देखिन्छ’ उनले भने।

उनलाई साढे २ बजेतिर अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार उनले गुट्खाको प्याकेटमा रहेको विष आधा जसो नै सेवन गरिसकेकी थिइन्।

उनलाई वीर अस्पतालमै भर्ना गरी उपचार गर्ने तयार भइरहेको छ। उनले सेवन गरेको विष ‘जिंक फस्टाइट’ रहेको र यसको उपचार नभएकाले लक्षण अनुसारको उपचारका लागि भर्ना गर्ने तयारी भएकाे अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिए।

599
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja