2026/06/07

इम्याक्ट नेपालद्वारा रामबहादुर बोगटी सम्मानित

रायबर अनलाइन

२०८१-०१-०८

873
Shares

काठमाडौं इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत रामबहादुर बोगटी सम्मानित भएका छन् ।

इम्प्याक्ट नेपालले आज आफ्नो २८ औं वार्षिक साधारण सभामा प्रशासन क्षेत्रको उत्कृष्ट कर्मचारीको रूपमा  प्रोजेक्ट अधिकृत बोगटीलाई दोसल्ला, सम्मानपत्र र नगद रकमसहित सम्मान गरेको हो।

विभिन्न सामाजिक संघसंस्था र समाजसेवामा आबद्ध बोगटी विगत ५ वर्षदेखि इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया शाखामा २ वर्ष लेखापाल हुँदै हाल प्रोजेक्ट अधिकृतका रूपमा कार्यरत छन्।

काठमाडौंको धुम्बाराहीस्थित रोयल छाप्रो रेस्ट्रो एन्ड इभेन्टमा सम्पन्न उक्त साधारण सभामा कानको घुम्ती शल्यक्रिया शिविरमा योगदान पुर्‍याउनु हुने त्रिभुवन शिक्षण अस्पताल काठमाडौंका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. हिमपाली दत्त, इम्प्याक्ट नेपाल रुङटा वेलफेयर कान उपचार केन्द्रका कान सहायक आयुश बर्मा र इम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र, राजविराजका अडियोमेट्रीसियन नरेश कुमार यादव पनि नगद रकमसहित, दोसल्ला र सम्मानपत्रबाट सम्मानित भएका छन्।

वि.स २०५० सालमा समाजसेवी  डा. लक्ष्मीनारायण श्रीवास्तब संस्थापक अध्यक्ष रही स्थापना गरिएको यस संस्थाले अपाङ्गता रोकथाममा समर्पित रही काम गर्नुका साथै देशका विभिन्न क्षेत्रमा कान उपचार केन्द्रहरू सञ्चालन गर्दै, सुरक्षित मातृत्व कार्यक्रम, सुद्ध पिउने पानी, किचेन गार्डेन, धुवारहित चुलो, स्वास्थ्य सम्बन्धी तालिम तथा विभिन्न जीविकोपार्जन सम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाका अध्यक्ष प्रा. डा. राकेश श्रीवास्तब अध्यक्षतामा र विश्व स्वास्थ्य सङ्गठनका पूर्व सल्लाहकार तथा वरिष्ठ समाजसेवी प्रा. डा. मदन प्रसाद उपाध्यायको प्रमुख आतिथ्ययतामा सम्पन्न वार्षिक साधारण सभा देशभरका शाखाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सुदूरपश्चिममा हाल अत्तरिया र महेन्द्रनगर गरी दुईवटा कान उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

873
Shares

©News Kunja 2021-2026. All rights reserved.