2026/08/26

संसदीय छानबिन समिति: कुन दलबाट कोको ?

Admin
Admin

२०८१-०२-१५

512
Shares
संसदीय छानबिन समिति: कुन दलबाट कोको ?

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिनका लागि बन्ने संसदीय समितिमा रहने सदस्यहरूको नाम टुंगो लागेको छ।

आज छानबिन समितिको कार्यादेश तय गर्न बनाइएको कार्यदलले ७ सदस्यीय संसदीय छानबिन समिति गठनको निर्णय गरेको थियो । समितिलाई ३ महिनाको समयावधि तोकिएको छ ।

प्रतिनिधि सभाको अब केही बेरमा बस्ने दोस्रो बैठकबाट समितिका सदस्यहरुको नाम घोषणा हुने छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल रहने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेने छन् ।

512
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja