2026/08/26

कांग्रेस र एमाले समीकरण राष्ट्र हितका निम्ति : नेता कोइराला

Admin
Admin

२०८१-०३-१९

431
Shares
कांग्रेस र एमाले समीकरण राष्ट्र हितका निम्ति : नेता कोइराला

पर्सा — नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले संविधान संशोधन र पालिकाको संख्या घटाउने लगायतका सहमतिसँगै कांग्रेस र एमालेबीच सत्ता समीकरण हुन लागेको बताएका छन् ।

‘हालको समीकरण पार्टीको हितमा भन्दा पनि राष्ट्र हितका निम्ति हो,’ नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण समारोहलाई मंगलबार वीरगन्जमा सम्बोधन गर्दै कोइरालाले भने, ‘हालको सहमति लम्बियो भने देश समृद्ध हुने र विकासले फड्को मार्ने छ ।’

देशलाई दुरावस्थामा पुर्‍याउने अहिलेको निर्वाचन प्रणालीलाई परिवर्तन गरी समग्र देश र दललाई बहुमत ल्याउने किसिमको निर्वाचन प्रणालीलाई अवलम्बन गर्न दुई ठूला दलको समीकरणले महत्वपूर्ण योगदान पुर्‍याउने कोइरालाले बताए । नयाँ समीकरण अनुसार बन्ने नयाँ सरकार बहुमतको हुने र यसले गर्ने निर्णय दिर्घकालीन हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

गिरिजाप्रसाद कोइरालाले पार्टीलाई चलायमान बनाउन पुर्‍याएको योगदानको चर्चा गर्दै कोइरालाले अपनाएको सहमति, सहकार्यको सिद्धान्तलाई सबैले अवलम्बन गर्नु पर्नेमा जोड दिए । गिरिजाप्रसाद कोइराला फाउन्डेशन मधेश प्रदेशको सहयोगमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ पर्साले आयोजना गरेको उक्त समारोहमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवम् कांग्रेस नेता रमेश रिजाल लगायतकाले मन्यव्य व्यक्त गर्दै नयाँ समीकरण र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।

431
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja