2026/08/24

धितोपत्र बजारमा २९.२१ अङ्कको वृद्धि, नेप्से २२०४.६१ को विन्दुमा

Admin
Admin

२०८१-०३-२८

559
Shares
धितोपत्र बजारमा २९.२१ अङ्कको वृद्धि, नेप्से २२०४.६१ को विन्दुमा

 २७ असार २०८१

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले बढेर २२०४ दशमलव ६१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ९० अङ्कले बढेर ३९१ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

आज कूल ३३१ कम्पनीहरूका २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर रु. ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मधेय लघुवित्त उपसमूह २५.९१ अङ्कले र ट्रेडिङ उपसमूह ११.९५ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह २८ दशमलव २७ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ७ दशमलव ९२ अङ्कले, वित्त उपसमूह ७ दशमलव ८८ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३३.६३ अङ्कले, जलविद्युत उपसमूह ३७.७९ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ४१ अङ्कले, जीवन बिमा उपसमूह ३१८.६९ अङ्कले, उत्पादन उपसमूह ४.७५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ३६ अङ्कले, निर्जीवन बिमा १११.९० अङ्कले र अन्य उपसमूह २५.४२ अङ्कले बढेको छ ।

559
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja