2026/08/25

सशस्त्र प्रहरीका इन्स्पेक्टर बडुवालको निधनः जो विपद उद्दारका कमान्डर थिए

Admin
Admin

२०८१-०६-२९

426
Shares
सशस्त्र प्रहरीका इन्स्पेक्टर बडुवालको निधनः जो विपद उद्दारका कमान्डर थिए

काठमाडौं– असोज ११ गते आएको बाढी पहिरोमा परेकाको उद्धारको काममा कमान्डर रहेका सशस्त्र प्रहरी बलका निरिक्षक (इन्स्पेक्टर) दिलबहादुर बडुवालको ज्वरोलगायतका कारण निभन भएको छ। सशस्त्र प्रहरी अस्पताल बलम्बुमा सोमबार बिहान उनको निधन भएको हो।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए।

पछिल्लो पटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो। सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायतका स्थानमा उनको कमान्ड परिचालित थियो।

दशैंको टिकाको दिन ज्वरोलगायतको बिरामका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो।

426
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja