2026/08/24

चर्चा पाइरहेको प्रकाश दुतराजको गीत 'रेशम'

Admin
Admin

२०८१-०६-२९

460
Shares
चर्चा पाइरहेको प्रकाश दुतराजको गीत 'रेशम'

यतिबेला प्रकाश दुतराजको गीत 'रेशम' चर्चामा छ। यो गीतमा थुप्रैले टिकटक र फेसबुक रिल्स भिडिओ बनाएका छन्। त्योसँगै युट्युबमा गएर गीत हेर्ने र सुन्नेहरू बढेका छन्। जसका कारण गीतको युट्युब भ्युज निरन्तर बढिरहेको छ । 

प्रकाश दुतराजले दसैंको अवसर पारेर अघिल्लो सोमबार गीत सार्वजनिक गरेका थिए। गीत रिलिजसँगै यसले चर्चा पाउँदै गएको हो। मंगलबार बिहानसम्म यसको भिडिओलाई युट्युबमा ७६ लाखपटक हेरिएको छ। 

प्रकाश र मेलिना राईको युगल स्वर रहेको यो गीत सुमधुर सुनिन्छ। यो प्रेम गीतको शब्द र संगीत पनि दुतराजकै हो। भेडा गोठालाको प्रेमकथालाई चित्रण गरिएको र लेकमा खिचिएको यसको भिडिओलाई पनि दर्शकले रूचाएका छन्।

भिडिओमा दुतराजसँगै विमला लिम्बुको अभिनय छ। निर्देशन र कोरियोग्राफी मौसम हिमालीको हो।भिडिओमा अनिल मानन्धरको छायांकन, नवीन घर्ती  मगरको सम्पादन छ।

प्रकाशको यसअघि 'रिमै' गीतलाई पनि स्रोता दर्शकले रूचाएका थिए। त्यसअघिका 'चोली मैलै भो, घर कता हो बैनीको, जाम भो माइली, जुन माया' इत्यादी गीतहरू पनि रूचाइएका छन्।

https://www.youtube.com/watch?v=0roL7tqCzI4

460
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja