2026/08/24

ढकारीमा दुई किशोरी मृत्यु प्रकरण : थप दुई जना पक्राउ

Admin
Admin

२०८१-१०-१४

599
Shares
ढकारीमा दुई किशोरी मृत्यु प्रकरण : थप दुई जना पक्राउ

अछाम — ढकारी गाउँपालिका-८ का दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अछाम प्रहरीका अनुसार सोमबार दिउँसो ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै छ  ।

स्रोतका अनुसार यसअघि प्रहरीले नियन्त्रणमा लिएका दुई जनाले हत्यामा आफू संगलग्न भएको संकेत गरेपछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगेको छ ।

ढकारी गाउँपालिका-८ कै एक किशोरीले शुक्रबार दिउँसो २ बजेतिर दुई किशोरीको शव भेटिएको ठाउँको पारिपट्टि डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेको भनेपछि अनुसन्धान त्यसतर्फसमेत मोडिएको प्रहरीको भनाइ छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दूरीमा रहेको थियो ।

घटनास्थलबाट करिब ५ सय मिटरमाथि रगतसमेत देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । दुवै किशोरीको शवको नेपालगन्जमा पोस्टमार्टम गरिसकिएको आफन्त रमेश भण्डारीले बताए । यस घटनामा अछाम प्रहरीले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिइसकेको छ ।

599
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja